राष्ट्रिय समाचार

रेडबुल आयात खुलाउन मन्त्रीलाई दबाब

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । लामो समयदेखि नेपालमा रेडबुल आयात प्रतिबन्धित छ । विदेशबाट इनर्जी ड्रिंक्सका रुपमा नेपाल भित्रने गरेको रेडबुल आयात प्रतिबन्ध रहेको बेला केही व्यापारीहरूले मन्त्रीलाई कमिशनको प्रलोभनमा पारेर रेडबुल आयात खुलाउने प्रयास गरेका छन् 

व्यापारीका नाममा केही विचौलियाहरू प्रतिबन्धित रेडबुल आयात खुलाउन सक्रिय भएको उद्योग मन्त्रालय स्रोतले जनाएको छ । सुरेशराज घिमिरे उद्योग मन्त्रीलाई आफ्नो जेठान भन्दै नाता लगाएर रेडबुल खुला गरिदिने भन्दै मन्त्रीलाई भेटाउन थालेको मन्त्रालयका एक कर्मचारीले जानकारी दिएका छन् ।

बिज्ञापन

उनले नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणालाई पनि यो विषयलाई लिएर केही व्यापारीलाई भेटघाट गराएका छन् ।

खेतान समुहले नेपालमा रेडबुलको कारोबार गर्दै आएको थियो । खेतान समुहको जिबी मार्केटिङले नेपालमा रेडबुल आयात गर्दै आएको थियो । जिबी मार्केटिङ गोरखा ब्रुअरीको सहायक कम्पनी हो । सरकारले २०७६ असार २ गते राजपत्रमा सूचना प्रकाशित गरी इनर्जी ड्रिंक्सको आयात रोकेको थियो ।

त्यतिबेला विभिन्न व्यावसायिक संघ–संस्थाको आग्रहमा एलसी खोलेर मगाइसकेको सामान भने ल्याउन अनुमति दिइएको थियो । प्रतिबन्धपछिको आर्थिक वर्ष ०७६÷७७ मा अघिल्लो वर्षको तुलनामा एक चौथाइमात्र आयात भएको थियो । तीन वर्ष अघि रेडबुलको आधिकारीक उत्पादक रेडबुल एजी स्वीट्जरल्याण्डले भियतनाममा रहेको माइ वेभरेज एण्ड फूड प्रोसेसिङ स्टक कम्पनी र नेपालमा कार्यालय रहेको पशुपति थाई वेभरेज कम्पनीविरुद्ध पेण्टेट, डिजाइन तथा ट्रेडमार्क ऐन, २०२२ अनुसार कारबाही माग गर्दै विभागमा उजुरी दिएको थियो ।

भियतनामस्थित उक्त कम्पनीले नेपालमा अवैध रुपमा रेडबुल बिक्री वितरण गर्दै आएपछि उजुरी परेको थियो । त्यस्तै पशुपति थाइ वेभरेजले रेड बफ्यालो नामक पेय पदार्थ विक्री वितरण गर्दै आएको छ ।

हाल कोशी प्रदेशमा सचिव रहेका दिपक काफ्लेलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गराएरै भएपनि रेडबुल आयात खुलाउने गरी प्रक्रिया अघि बढाउन दबाब दिइएको स्रोतको दाबी छ । काफ्ले नै सहसचिव भएको बेला नेपालमा फ्रान्सेली कम्पनी आइडिमियाले राष्ट्रिय परिचय पत्रको ठेक्का पाएको थियो ।

रेडबुल आयात रोकिएपछि स्थानीय व्यापारीहरुले अर्बौ लगानी गरेर इनर्जी डिं«कको फैक्ट्री खोलिसकेका छन् । केहीले उत्पादनसमेत बजारमा ल्याएका छन् । यसरी कमिशनको प्रलोभनमा रेडबुललगायतका अन्य ब्राण्डका इनर्जी डिं«क आयात गर्न दिने हो भने नेपालमा भर्खरै स्थापित उद्योगहरु बन्द हुने अवस्थामा पुग्ने छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।