राष्ट्रिय समाचार

दशैँ मनाउन गाउँ फर्किनेको लर्को, २४ घण्टामा एक लाखले छाडे उपत्यका

बिज्ञापन

काठमाडौं- दशैँ मनाउनका लागि काठमाडौंबाट गाउँ घर फर्किनेहरुको भीड बढेको छ। काठमाडौंको कोटेश्वर, कलंकी, बालाजु, नयाँ बसपार्क लगायतका क्षेत्रबाट गाउँ फर्किनेहरुको भीड बढेको हो ।

बिज्ञापन

आज बिहानसम्मको अद्यावधिक विवरणअनुसार सार्वजनिक सवारीसाधनमार्फत पछिल्लो २४ घण्टामा एक लाख यात्रु बाहिरिएकाे काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

नयाँ बसपार्कदेखि कोटेश्वर र कलंकीदेखि नागढुंगासम्म घर फर्किनेहरु उल्लेख्य मात्रा देखिएका छन्। दैनिक झन्डै एक लाखको हाराहारीमा यात्रुहरू काठमाडौं उपत्यकाबाट बाहिरिने गरेका छन् ।

घटस्थापनापछि झन्डै चार लाख यात्रुले उपत्यका छाडेका छन् । यो संख्या दशमीको दिनसम्म अझै बढ्दै जानेछ । हरेक वर्ष दशैँ, तिहार, तथा छठ मनाउन काठमाडौं उपत्यकाबाट घर जानेको संख्या उल्लेख्य हुने गर्दछ ।

बिज्ञापन