लागूऔषधसहित युवती र युवक चिसापानीबाट पक्राउ
लोक कल्याणकारी विज्ञापन

सापानी । कैलालीबाट लागूऔषधसहित युवती र युवक पक्राउ परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका-३ चिसापानीको नँया बस्तीबाट १ ग्राम लागूऔषधसहित सोही ठाँउका ३० वर्षीया दिपा बिष्ट र २३ वर्षीय भुपेश थापा बिहीवार साँझ पक्राउ परेका हुन्।
लागूऔषधको कारोबार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लम्की र इलाका प्रहरी कार्यालय चिसापानीको संयुक्त प्रहरी टोलीले दिपाको घरमा चेकजाँच गर्दा लागूऔषध फेला पारी दुबै जनालाई पक्राउ गरेको प्रहरीले बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
