राजनीति

परिवर्तनले न राम्रो गर्‍याे न त सुधार आयो, जनताले सही पात्र छान्न पाउनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र

बिज्ञापन

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले दसैँको शुभकाना दिँदै देशको दुरवस्थाप्रति चिन्ता प्रकट गरेका छन् । अग्रगतिका नाममा ल्याइएको परिवर्तनले देशलाई राम्रो नगरेको उनको निष्कर्ष छ ।

बिज्ञापन

आज जारी गरेको शुभकामना सन्देशमा पूर्वराजाले भनेका छन्, ‘डेढ दशकको अवधिमा जनता उतिविधि उत्साहमा छैनन्, हर्षित छैनन् । हामीले नजिकबाट नियालेर हेर्दा र बुझ्दा जनता अति नै निराश र हताशमा छन् । लोकहित र अग्रगतिको नाममा भनेर आएको परिवर्तनले न राम्रो गर्‍यो न त सुधार आयो । हाम्रो देश झन् झन् खराबीतिर गयो भन्ने आम जनगुनासो सुनिन्छ ।’

जनताले खोजेको र रोजेको सही पात्रबाट जनहितमा गतिलो काम अघि बढ्न पाउनुपर्नेमा उनले जोड दिएका छन् ।

‘देश र जनतामाथि अब कुनै प्रकारको घात हुनुहुँदैन, हाम्रो यही चाहना हो’, सन्देशमा भनिएको छ ।

बिज्ञापन