विश्वकप क्रिकेट : पाकिस्तानमाथि अस्ट्रेलियाको शानदार जित

काठमाडौं – जारी विश्वकप क्रिकेटमा अस्ट्रेलियाले पाकिस्तानमाथि शानदार जित हासिल गरेको छ। शुक्रबार सम्पन्न खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई ६२ रनले पराजित गरेको हो ।
अस्ट्रेलियाले दिएको ३५० रनको लक्ष्य पछाएको पाकिस्तान ४५.३ ओभरमा अल आउट हुँदै ३०५ रन बनाएको थियो। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले ५० ओभरमा ५ विकेट गुमाएर ३४९ रन बनाएको थियो ।

यो सँगै अस्ट्रेलियाले जारी विश्वकपमा दोस्रो जित हासिल गरेको छ । यो जितपछि अस्ट्रेलियाको ४ खेलमा २ जित र २ हारसहित ४ अंक भएको छ। त्यसैगरी पाकिस्तानको पनि ४ खेलमा २ जित र् २ हारसहित ४ अंक रहेको छ ।
अब पाकिस्तानले आगामी सोमबार अफगानिस्तानविरुद्ध खेल्ने छ भने अस्ट्रेलियाले आगामी बुधबार नेदरल्याण्डससँग खेल्ने तालिका रहेको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
