खेलकुद

त्रिकोणात्मक टी-२० सिरिज : यूएईले हङकङलाई ६ विकेटले हरायो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० सिरिजमा यूएईले हङकङलाई ६ विकेटले पराजित गरेको छ । हङकङले दिएको १५० रनको लक्ष्य यूएईले ४ विकेट क्षतिमा भेट्टायो ।

टस हारेर पहिले ब्याटिङ गरेको हङकङले बाबर हायात र एजाज खानको शतकीय साझेदारी मद्दतमा १४९ रनको स्कोर खडा गरेको थियो । २५ रनमा तीन विकेट गुमाएको अवस्थाबाट यो जोडीले हङकङलाई उकासेका थिए । बाबरले ४५ बलमा ५ छक्का र ३ चौकासहित ६६ रन बनाए । एजाजले ४३ बलमा १ छक्का र ३ चौकासहित ४८ रन जोडे ।

बिज्ञापन

हङकङका दुवै ओपनर सस्तैमा आउट भएका थिए । मार्टिन कायट्जी १ रन र कप्तान निजाकत खान ६ रनमा आउट भए । तेस्रो नम्बरमा आएका भरपर्दा ब्याट्सम्यान अंशुमान रथ पनि १४ रनमा आउट भएपछि हङकङ दवावमा आएको थियो । तर बाबर र एजाजको पार्टनरसीपले हङकङलाई सम्मानजनक स्कोरसम्म पुर्यायो । यूएईका जहुर खानले ३ विकेट लिएका थिए ।

जवाफी ब्याटिङमा आएको यूएईले सुदृढ सुरुवात गर्यो । पहिलो विकेटका लागि कप्तान मुहम्मद वसिमले खालिद साहसँग ५.२ ओभरमै ६५ रनको साझेदारी गरेका थिए । विष्फोटक ब्याटिङ गरेका वसिमले १७ बलमा ४० रन जोडे । खालिद ३२ बलमा ३७ रन बनाएर आउट भए ।

तेस्रो नम्बरमा आएका विकेटकिपर ब्याट्सम्यान भृत्य अरविन्दले पनि २५ बलमा २९ रन जोड्दै यूएईलाई अघि बढाए । त्यसैगरी आसिफ खान १२ बलमा १२ रन बनाएर आउट भए । एलिसान सराफुले १४ बलमा २० र बसिल हमिदले १० बलमा ११ रन बनाउँदै यूएईलाई जितसम्म पुर्याएका थिए । यूएईले १२ बल बाँकी छँदा लक्ष्य भेट्टायो । हङकङका लागि यासिम मुर्तजाले २ विकेट लिए ।

भोलि नेपालले समूह चरणमा आफ्नो अन्तिम खेल यूएईसँग खेल्नेछ । नेपाल अन्तिम खेल अगाडि नै फाइनलमा प्रवेश गरिसकेको छ । हङकङ र यूएईका दोस्रो भिडन्तले फाइनलमा नेपालको प्रतिद्वन्द्वी निश्चित गर्नेछ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।