अछामको एक कुखुरा फर्ममा आगलागी
लोक कल्याणकारी विज्ञापन

अछामः अछामको एक कुखुरा फर्ममा आगलागी भएको छ। जिल्लाको चौरपाटी गाउँपालिका-५ लुङ्ग्राका हर्कबहादुर बोहराको घरदेखि ५०० मिटर टाढा रहेकोे कुखुरा फर्ममा शनिबार साँझ आगलागी भएको हो।
बिजुलीको तार सट हुन गई आगलागी हुँदा फर्ममा रहेका ६०० चल्लाहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। प्रहरी र स्थानियको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
