घटना समाचार

बाँसले पेटमा छेडिएकी महिलाको विराट नसिंर्ङ होममा सफल उपचार

बिज्ञापन

 विराटनगर स्थित विराट नसिंर्ङ होममा सडक दुर्घटनामा बाँसले पेटमा छेडिएकी एक जना महिलाको सफल उपचार गरिएको छ ।

बिज्ञापन

उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ की शारदा चौधरीकोगए राति करिब साढे ७ बजे मोटरसाइकल चढेर घर जादै गर्दा ट्याक्टरमा बोकेर लादै गरिएको बाँस पेटमा छेडिएको थियो । मदन भण्डारी राजमार्गको बगहा देउरी खण्डमा सो घटना भएको थियो । घटना पछि उनलाई स्थानिय अस्पतालमा लगिएको र उपचार सम्भव नभए पछि विराटनगर ल्याईएको बताइएको छ ।

उनलाई गए राति करिब ११ बजे विराटनगर स्थित विराट नर्सिङ होममा ल्याइएको र तत्काल बाँस निकालिएको नर्सिङ होमका कर्मचारीले बताएका छन । नर्सिङ होमको सघन उपचार कक्षमा उपचाररत शारदा चौधरीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

सो घटनामा संलग्न ट्याक्टर चालक र मोटरसाइकल चालकलाई पक्राउ गरिएको र जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको बताइएको छ ।

 यो घटनाले सुरक्षित सडक नभएको स्पष्ट पारेको मात्र छैन सडकमा जथाभावी सामान बोकेर हिड्दा पनि ट्राफिक प्रहरीले नियन्त्रण गर्न नसकेको देखाएको छ । उपचाररत सारदाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ । 

बिज्ञापन