राष्ट्रिय समाचार

भारतद्वारा १० करोड भारतीय रूपैयाँ बराबरको भूकम्प राहत सामग्री हस्तान्तरण

बिज्ञापन

काठमाडौं । भारतले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरुका लागि १० करोड भारतीय रूपैयाँ बराबरको आपतकालीन राहत सामग्री हस्तान्तरण गरेको छ ।

बिज्ञापन

भारतीय वायुसेनाको विशेष विमानबाट नेपालगञ्ज ल्याइएको ११ टनभन्दा बढी राहत सामग्री आइतबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई हस्तान्तरण गरेका हुन् ।

आपतकालीन राहत सामग्रीमा भूकम्प प्रभावित मानिसहरूका लागि त्रिपाल, टारपोलिन सिट, कम्बल र स्लिपिङ्ग ब्याग, पोर्टेबल भेन्टिलेटर जस्ता चिकित्सा उपकरण र अत्यावश्यक औषधि रहेका छन् ।

बिज्ञापन