राष्ट्रिय समाचार

भूकम्पबाट जाजरकोटका २१३ विद्यालयका भवनमा क्षति

बिज्ञापन

जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका– १ रामिडाँडालाई केन्द्रबिन्दु बनाई शुक्रबार राति गएको भूकम्पका कारण जाजरकोटमा मात्रै २१३ वटा विद्यालयका क्षति पुगेको छ ।

बिज्ञापन

प्राप्त विवरण अनुसार ९१ वटा विद्यालय भवनहरु पुर्ण रुपमा ध्वस्त भएका छन् भने १२२ वटा विद्यालय भवनमा आंशिक रुपमा क्षति पुगेको छ ।

यस्तै विद्यालयका ४३ वटा शौचालयहरु, ११ वटा आईसिटी, १ पुस्तकलाय, ७ वटा ठाउँमा विद्यालयका घेरबारहरु र ४ वटा सोलार सिस्टमहरु पुर्ण रुपमा ध्वस्त भएका छन् । यस्तै ३५ वटा शौचालयमा आंशिक क्षति पुगेको प्रहरीको तथ्यांक छ ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा गएको ६ दशमलव ४ रेक्टर स्केलको भुकम्प गएको थियो । उक्त शक्तिशाली भुकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठुलो जनधनको क्षती भएको छ । भुकम्पमा परि हालसम्म १५७ जनाको मृत्यु भइसकेको छ । भुकम्पबाट भएको क्षतीको विवरण संकलन हुने क्रम भने जारी नै रहेको प्रहरीले जनाएको छ ।

बिज्ञापन