घटना

बाँसले पेटमा छेडिएकी महिलाको विराट नसिंर्ङ होममा सफल उपचार

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

 विराटनगर स्थित विराट नसिंर्ङ होममा सडक दुर्घटनामा बाँसले पेटमा छेडिएकी एक जना महिलाको सफल उपचार गरिएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ की शारदा चौधरीकोगए राति करिब साढे ७ बजे मोटरसाइकल चढेर घर जादै गर्दा ट्याक्टरमा बोकेर लादै गरिएको बाँस पेटमा छेडिएको थियो । मदन भण्डारी राजमार्गको बगहा देउरी खण्डमा सो घटना भएको थियो । घटना पछि उनलाई स्थानिय अस्पतालमा लगिएको र उपचार सम्भव नभए पछि विराटनगर ल्याईएको बताइएको छ ।

बिज्ञापन

उनलाई गए राति करिब ११ बजे विराटनगर स्थित विराट नर्सिङ होममा ल्याइएको र तत्काल बाँस निकालिएको नर्सिङ होमका कर्मचारीले बताएका छन । नर्सिङ होमको सघन उपचार कक्षमा उपचाररत शारदा चौधरीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

सो घटनामा संलग्न ट्याक्टर चालक र मोटरसाइकल चालकलाई पक्राउ गरिएको र जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको बताइएको छ ।

 यो घटनाले सुरक्षित सडक नभएको स्पष्ट पारेको मात्र छैन सडकमा जथाभावी सामान बोकेर हिड्दा पनि ट्राफिक प्रहरीले नियन्त्रण गर्न नसकेको देखाएको छ । उपचाररत सारदाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।