खेलकुद

नेपाल-यमन खेलको टिकट ४ सय र एक हजार, अनुमानित बजेट साढे ७३ लाख

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । विश्वकप फुटबल छनोटअन्तर्गत दोस्रो चरणमा नेपाल र यमनबीच दशरथ रंगशालामा हुने खेलको टिकट दर ४ सय र एक हजार तोकिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी साधारण प्यारापिटतर्फ ४ सय र भीआईपी प्यारापिटतर्फ एक हजार रूपैयाँ टिकट दर तोकिएको जनाएको छ । खेल साँझ ७ बजे सुरू हुनेछ ।

बिज्ञापन

खेल सकिएपछि दर्शकका लागि आवतजावतलाई सजिलो बनाउन साझा यातायातसँग कुरा भइरहेको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । नेपालले नोभेम्बर २१ तारिखमा यमनसँग खेल्दैछ । त्यसअघि नेपालले नोभेम्बर १६ तारिखमा यूएईसँग खेल्दैछ ।

यो खेल यूएईमा हुनेछ । पहिलो चरणमा नेपालले लाओसलाई हराएको थियो ।

प्रतियोगिताको अनुमानित बजेट ७३ लाख ६८ हजार ४०० रहेको एन्फाले जनाएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।