सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा ८.६ म्याग्निट्यूडको भूकम्प गए १६ हजार बढीको मृत्यु हुने अनुमान

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः सुदूरपश्चिम प्रदेश केन्द्र विन्दु भएर ८ दशमलव ६ म्याग्निट्यूडको भूकम्प गए १७ हजार भन्दा बढी व्यक्तिको मृत्यु हुने अनुमान भूकम्पविदहरुले गरेका छन्।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना, सुपर परियोजनाको प्राविधिक सहयोग र प्रदेश सभा सचिवालय सुदुरपश्चिमको समन्वयमा हिजो धनगढीमा भएको जोखिम सुसुचित सार्वजनिक नीति तय गर्न सांसदहरुको भुमिका बिषयक कार्यशाला गोष्ठीमा विज्ञहरुले यस्तो चेतावनी दिएका हुन्।

बिज्ञापन

प्रदेशमा भुकम्प, बाढी, पहिरो, आगलागी, चट्याङजस्ता विपदहरुबाट प्रभावित हुन सक्ने भएकाले जोखिम न्युनिकरण गर्न तत्काल अल्पकालिन, मध्यकालिन र दिर्घकालिन कार्ययोजना बनाइहाल्नु पर्ने सुझाव विषय विज्ञहरुले दिएका छन्। साथै पश्चिम नेपाललाई केन्द्र बिन्दु बनाएर ८ दशमलव ६ म्याग्निट्यूडको भूकम्प जाने संभावना समेत उच्च देखिएको विपद् बिषय विज्ञले बताएका हुन्।

पुर्वशिक्षा मन्त्री एवं विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद् विपद विज्ञ सदस्य डाक्टर गंगालाल तुलाधारले सुदूरपश्चिममा पहिरो, भूकम्प, बाढी, आगलागी, शितलहर, चट्याङ्ग, सडक दुर्घटना, महामारी, जनावर आतंक लगायत विपदबाट वर्षेनि ठूलो आर्थिक एवं मानवीय क्षति हुने गरेको बताए।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।