पोखरामा एटीएम मेसिन फुटाउने भारतीय नागरिक पक्राउ

कास्की – कास्कीको पोखरा महानगरपालिका–८ सभागृह चोकमा रहेको नबील बैंक एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा भारतीय नागरिक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रवणकुमार बिकका अनुसार भारतको बिहार प्रदेश अन्तर्गत मोतीहारी जिल्लास्थित फेनरा पञ्चायत ग्राम ढांका बजार घर भई हाल पोखरा महानगरपालिका–९ नयाँ बजारमा बबि ठाकुर सैलुन सञ्चालन गर्दै आएका २० वर्षीय बबि ठाकुर पक्राउ परेका हुन्।l

उनी बुधवार राति १२ बजे फलामको रडले मेसिनमा रहेको ढोकाको लक फोडेर भित्र पसी मेसिन तोडफोड गर्दै गरेको अवस्थामा पक्राउ परेको प्रहरीले बताएको छ।
उनको साथबाट मसिन फोर्न प्रयोग गरेको फलामको रड एक थान, पेचकस एक थान, भाँचिएको अवस्थाको कपाल काट्ने कैँची एक थान र ढुङ्गा एक थान बरामद भएको छ।
उनीमाथि चोरी उद्योग मुद्दामा अनुसन्धान चलिरहेको पनि प्रहरी नायब उपरीक्षक बिकले बताए।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
