राजनीति

जाजरकोटको नलगाडबाट विप्लवले गरे भूकम्प पुनःनिर्माणको उद्घाटन

बिज्ञापन

रुपन्देही । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र पार्टी प्रवक्ता प्रकाण्ड जाजरकोटको भूकम्प प्रभावित बस्ती नलगाडको चिउरी बस्तीबाट पार्टीको भूकम्प पुनर्निर्माण अभियानको उद्घाटन गरेका छन् ।

बिज्ञापन

भूकम्पमा घर भत्केका एकल परिवार कले विकको घर पुनर्निर्माण गरी उद्घाटन गरेर अभियानको उद्घाटन गरेको पार्टी निकट जनपत्रकार संगठन नेपालका अध्यक्ष प्रकाश डुम्रेले बताए ।

पार्टीद्वारा संकलित राहत सामग्री शुक्रबार जाजरकोट सदरमुकाममा जिल्ला विपत् व्यवस्थापन समितिलाई हस्तान्तरण गरी राति अबेर नलगाड पुगेका महासचिव विप्लव र प्रवक्ता प्रकाण्डले स्थानीय जनप्रतिनिधि र पार्टीका नेता कार्यकर्ताहरु संगको छलफलपछि शनिबार बिहान नलगाड आसपासका भूकम्प पीडितहरु संग भेटघाट गरी यो जटिल अफ्ट्यारोमा आफ्नो पार्टी जनतासँग सँगै भएको बताएका थिए । नलगाड गाउँमा १३ जनाको भूकम्पमा परी मृत्यु भएको छ ।

गत कार्तिक १७ गते शुक्रबार राती ११ः४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले प्रभावित भएका जाजरकोट र रुकुम पश्चिम जिल्लाका भुकम्पपीडितको राहत तथा उद्वारका लागि नेकपाका झण्डै डेढ सय नेता कार्यकर्ता नियमित राहत वितरण,उद्वार,स्वास्थ उपचार तथा आधारभूत अस्थायी संरचना बनाउन लागिरहेका छन् । विप्लव र प्रकाण्ड आइतवार रुकुमका प्रभावित बस्ती जाने कार्यक्रम रहेको छ ।

बिज्ञापन