खेलकुद

सुदूरपश्चिम सरकारले तीन जना क्रिकेट खेलाडीलाई १६ लाख रुपैयाँ पुरस्कार दिने

बिज्ञापन

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो प्रदेशका राष्ट्रिय क्रिकेट टोलीका तीन जना सदस्यहरुलाई नगद १६ लाख रुपैयाँ पुरस्कार दिने भएको छ ।

बिज्ञापन

नेपाललाई टी–२० विश्व कपमा पुर्याउन सफल भएको भन्दै सुदूरपश्चिम प्रदेश सरकारले दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी र सन्दीप जोरालाई पाँच÷पाँच लाख रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने भएको नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ ।

एसियाली खेलकुदमा विश्व रेकर्ड बनाएका दीपेन्द्रले भने थप एक लाख रुपैयाँसहित ६ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । उनले मङ्गोलियासँगको खेलमा नौ बलमै अर्धशतक प्रहार गरेका थिए । सुदूरपश्चिम सरकारले यसअघि पनि आफ्ना खेलाडीलाई सम्मान गर्दै आएको छ ।

बिज्ञापन