सुदूरपश्चिम प्रदेश

देउसी भैलो १२ बजेसम्म खेल्न दिन प्रशासनसँग युवा संघ कैलालीको माग

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली । एमाले निकट राष्ट्रिय युवा संघ कैलाली तिहारमा देउसी भैलो १२ बजेसम्म खेल्न दिन प्रशासनसँग माग गरेको छ । कैलाली जिल्ला अध्यक्ष लक्ष्मण थापाले आज एक विज्ञप्ति जारी गर्दै नेपालीहरूको पर्व तिहारमा १२ बजेसम्म देउसी भैलो खेल्न दिन र त्यसमा सुरक्षा प्रदान गर्न आग्रह गरेको हो ।

पछिल्लो समय स्थानीय प्रशासनले ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न दिने निर्णय गरिरहेको छ । प्रशासनको उक्त निर्णय आपत्तिजनक रहेको भन्दै देउसी भैलो खेल्न दिने समय थप गर्नु पर्नेमा युवा संघले जोड दिएको छ ।

बिज्ञापन

‘आयातित विदेशी संस्कृतिको नाममा रात भरी गरिने क्रियाकलापमा आधारित संस्कृतिमा सुरक्षा प्रदान गर्न सक्ने तर, नेपालीहरूको महान् पर्व दीपावलीको अवसरमा जम्मा १२ बजेसम्म पनि सुरक्षा दिन नसक्ने अवस्था किन आयो ?’, राष्ट्रिय युवा संघका जिल्ला अध्यक्षले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस दीपावलीको अवसरमा खेलिने देउसी भैलोलाई राति १२ बजेसम्म खेल्ने वातावरण सृजना गराइदिन जिल्ला प्रशासन कार्यालय समक्ष अनुरोध गर्दछौँ ।’

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।