पाकिस्तानका बलिङ प्रशिक्षक मोर्केलले दिए राजीनामा

काठमाडौं । पाकिस्तानी क्रिकेट टोलीका बलिङ प्रशिक्षक मोर्ने मोर्केलले पदबाट राजीनामा दिएका छन् । भारतमा जारी आईसीसी एक दिवसीय विश्वकपको प्रारम्भिक चरणबाट पाकिस्तानी टोली बाहिरिएसँगै उनले पदबाट राजीनामा दिएका हुन् ।
पाकिस्तानी टोली जारी विश्वकपको प्रारम्भिक चरणको आफ्नो अन्तिम खेलमा साबिक विजेता इङ्गल्यान्डसँग ९३ रनले पराजित भएको थियो । त्यसको दुई दिनपछि ३९ वर्षीय मोर्केलले पदबाट राजीनामा दिएका हुन् ।

मोर्केलले पाकिस्तानी टोलीमा रहेर तिब्रगतिका बलरहरूलाई प्रशिक्षण दिँदै आएका थिए । दक्षिण अफ्रिकाका पूर्व खेलाडी मोर्केलले पाकिस्तान क्रिकेट बोर्डसँग गत जुनमा ६ महिनाका लागि सम्झौता गरेका थिए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
