राष्ट्रिय समाचार

टिकटक प्रतिवन्धविरुद्ध सर्वोच्चमा रिटको ओइरो, पहिलो पेसी मंसिर ४ गते

बिज्ञापन

काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिवन्ध विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदनको ओइरो लागेको छ । तिहार बिदा सकिएर कार्यालय खुलेकै दिन आधा दर्जनजति रिट दर्ता भएका हुन् ।

बिज्ञापन

रिट निवेदन दिनेमा अधिवक्ताहरु दिनेश त्रिपाठी स्वागत नेपाल, जगन्नाथ दुलाल लगायत छन् । उनीहरुले सरकारको निर्णय पूर्णरुपमा गैर संवैधानिक रहेको भन्दै उल्टाउन माग गरेका छन् ।

यसैबीच सर्वोच्चले टिकटक प्रतिवन्धविरुद्ध परेका रिटमा पहिलो पेसी मंसिर ४ गतेलाई तोकेको छ । भोली शनिबार र पर्सी छटको सार्वजनिक विदा भएकाले सोमबारलाई पेशी तोकिएको हो ।

बिज्ञापन