घटना समाचार

बाँकेमा प्रहरीको गोली लागेर एक जना घाइते

बिज्ञापन

काठमाडौं । बाँकेमा प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् । जिल्लाको जानकी गाउँपालिकामा प्रहरीले चलाएको गोली लागेर बैजनाथ गाउँपालिका घर भएका ३१ वर्षीय आकाश राना घाइते भएका हुन् । उनको दायाँ खुट्टामा गोली लागेको छ ।

बिज्ञापन

ज्यान मार्ने कसुरमा प्रहरीको खोजी सूचीमा रहेका उनलाई पक्राउ गर्न खोज्दा भागेपछि गोली चलाएर नियन्त्रणमा लिइएको बाँकेका एसपी सुवासचन्द्र बोहराले बताए ।

कार्तिक ३० मा बिहान कोहलपुर स्थित चप्परगौडीमा राना सहितका युवाहरूले मीन बहादुर बिकलाई आक्रमण गरेका थिए । रानाको समूहले खुकुरी प्रहार गर्दा २९ वर्षीय मीनबहादुर गम्भीर घाइते भएका छन् । उनलाई उपचारको लागी भारतको लखनउमा पठाइएको छ ।खुकुरी प्रहारमा संलग्नलाई खोज्दै प्रहरी शुक्रवार जानकारी गाउँपालिका–४ स्थित खुद्रा खजुरामा पुगेको हो । प्रहरीलाई देखेपछि आकाश राना भागेपछि गोली चलाएर नियन्त्रणमा लिएको एसपी बोहराले जानकारी दिए ।

बिज्ञापन