व्याक्ती बिशेष

सांसद लक्ष्मण किशोर चौधरीको फोक्सोमा जटिल समस्या 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी: सुदूरपश्चिम प्रदेश सभा सदस्य लक्ष्मण किशोर चौधरीको फोक्सोमा जटिल समस्या देखिएको छ।

फोक्सोमा सङ्क्रमण भएपछि उनलाई आइसियुमा राखेर उपचार थालिएको छ। काठमाडौँको सिनामंगलस्थित केएमसी  टिचिङ अस्पतालमा उपचाररत चौधरीको उपचारमा आर्थिक समस्या भएको परिवारले बताएका छन्। चौधरीकी धर्मपत्नी सरस्वती चौधरीले प्रदेश सभा सदस्य चौधरीको नियमित स्वास्थ्य जाँचको क्रममा कार्तिक अन्तिम साता भक्तपुरको सल्लाघारीस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्र पुगेका थिए।

बिज्ञापन

त्यसै क्रममा अचानक स्वास्थ्य समस्या देखिएपछि उनलाई केएमसी टिचिङ अस्पताल रेफर गरिएको थियो। उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ। सुदूरपश्चिम प्रदेशका भातिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले शुक्रवार सांसद चौधरीको अस्पताल पुगेरै स्वास्थ्य अवस्था बुझेका थिए।    

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।