राष्ट्रिय समाचार

चिसोबाट भूकम्प प्रभावितको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

जाजरकोट । अत्यधिक चिसोका कारण नलगाड नगरपालिका–८ टापुकी ७० वर्षीया विष्णु कमारी खत्रीको मृत्यु भएको छ।

भूकम्पमा परी घाइते भई स्थानीय मेडिकलमा उपचार गराइरहेकी खत्रीको आइतबार बिहान मृत्यु भएको हो।

बिज्ञापन

भूकम्पले घर भत्किएपछि उनी त्रिपालमुनि बस्दै आएकी थिइन्।

आइतबार बिहान खत्रीलाई उपचारका लागि लैजाने तयारी गर्दै गर्दा मृत्यु भएको वडा अध्यक्ष तेजबहादुर सिंहले जानकारी दिए।

यसअघि चिसोका कारण शनिवार तीन जनाको ज्यान गएको थियो।

भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका–१ रामीडाँडाका ७० वर्षीय डुमे पुन र छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामीको चिसोका कारण मृत्यु भएको थियो।

त्रिपालमुनिको बसाइका कारण बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन्।

बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको छ। यसअघि गत साता नलगाड भेरी र बारेकोटमा गरी चिसोका कारण चारजना दीर्घरोगीको ज्यान गएको थियो। चिसोका कारण पछिल्लो एक सातामा सात जना वृद्धवृद्धाको ज्यान गइसकेको छ।

गत कात्तिक १७ गते राति जाजरकोटमा केन्द्रविन्दु भई गएको भूकम्पमा परी ठूलो जनधनको क्षति भएको थियो।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।