घटना समाचार

कैलालीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, १७ घाइते

बिज्ञापन

धनगढी । कैलालीको भीमदत्त राजमार्गअन्तरगत गोदावरी नगरपालिका-४ मा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बिज्ञापन

सोमबार साँझ से१ख १४३८ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा डोटीको जोरायल गाउँपालिका-२ की ५८ वर्षीया शोभा बिकको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा परि १७ जना घाइते भएका छन् ।

उनीहरुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइते सबै डोटीको जोरायल गाउँपालिका क्षेत्रका रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको धनगढीको सेती प्रादेशिक अस्पताल, माया मेट्रो अस्पताल र अत्तरियाको पद्यमा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि मिनी ट्रक चालक फरार भएका छन् ।

बिज्ञापन