राष्ट्रिय समाचार

बालकृष्ण, टोपबहादुर लगायतको मुद्दामा आज सुनुवाइ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दाको आजदेखि उच्च अदालत पाटनमा सुनुवाइ हुँदै छ ।

लोक कल्याणकारी विज्ञापन

पूर्वमन्त्रीद्वय बालकृष्ण खाण, टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वसभासद् आङटावा शेर्पा, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हज कमिटीका पूर्वअध्यक्ष शमशेर मियाँ, तत्कालीन गृहमन्त्रीका सल्लाहकार इन्द्रजित राई थुनामा छन् ।

लोक कल्याणकारी विज्ञापन

खाणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुरका छोरा सन्दीप, बिचौलियाहरू केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, रामशरण केसी, गोविन्द चौधरी, हरिभक्त महर्जन र सागर राई जेलमै छन् । उनीहरू जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगेका हुन् ।

बिज्ञापन

यो मुद्दामा पक्राउ परेकामध्ये केशव तुलाधर, टंक गुरुङ र लक्ष्मी महर्जन भने धरौटीमा छुटेका थिए । तुलाधर र गुरुङलाई पनि थुनामै राख्नुपर्ने मागसहित सरकारी वकिलको कार्यालय उच्च अदालत गएको हो ।

अभियुक्तविरुद्ध राज्यविरुद्धको अपराध, लिखत किर्ते, संगठित अपराध र ठगी कसुरअन्तर्गतको मुद्दा लगाइएको छ । उनीहरूसँग २८ करोड ८१ लाख ७४ हजार रुपैयाँको बिगो दाबी गरिएकोे छ ।

थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध पूर्वमन्त्रीद्वय बालकृष्ण खाण, टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे लगायत १६ जनाले दायर गरेको रिटमा उच्च अदालतमा आजबाट सुनुवाइ हुने भएको हो ।

यसअघि पटक–पटक पेसीमा चढे पनि यो मुद्दामा सुनुवाइ हुन सकेको छैन । त्यस्तै, धरौटीमा छुटेका दुई जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय पनि उच्चमा गएको छ ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन