राष्ट्रिय समाचार

विपिनलाई हमासले बन्धक बनाएको इजरायली सेनाद्वारा जानकारी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं – इजरायलमा आक्रमण गर्ने हमास समूहले बन्धक बनाएकामा नेपालका विपिन जोशी पनि रहेको इजरायल डिफेन्स फोर्सले जानकारी दिएको छ ।

इजरायलस्थित नेपाली दूतावासलाई दिइएको जानकारी अनुसार इजरायलको किबुज अलुमिनमा हमास समूहले आक्रमण गरेर बन्धक बनाएर लगेको समूहमा नेपालका जोशी रहेको बताइएको हो । सो आक्रमण भएका बखत रेकर्ड भएको सिसिटिभी फुटेजको हवाला दिँदै इजरायली डिफेन्स फोर्सले सो फुटेजमा जोशी देखिएको दाबी गरेको हो ।

बिज्ञापन

फेर्सका प्रवक्ताले सोही फुटेजका आधारमा जोशी हमास समूहले बन्धक बनाएको टोलीमा रहेको दाबी गरेका छन् तर नेपाल सरकारसँग हमास समूहको कुनै पनि आधिकारिक कुराकानी नभएकाले सो फुटेजका बारेमा प्रस्ट भएको छैन ।

इजरायलस्थित नेपाली दूतावासले पनि जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको जनाएको छ । जोशी हालसम्म सम्पर्कविहीन नै रहेको दूतावासले जानकारी दिएको छ । जसका कारण उनको खोजीकार्य जारी रहेको र अवस्था र सत्यतथ्य सार्वजनिक गर्न इजरायल सरकारसँग माग गरिएको दूतावासले जनाएको छ ।

गत अक्टोबर ७ मा इजरायलमा हमास समूहले आक्रमण गरेको थियो । आक्रमणमा परेर नेपालबाट कृषि अध्ययन गर्न गएका १० जना विद्यार्थीको मृत्यु भएको थियो । जोशी सोही बेलादेखि बेपत्ता छन् । नेपाल सरकारले जोशीको खोजी र रिहाइका लागि अपिल गरेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।