Sudur Pradesh News

धनगढीमा कार्यालय नै खोलेर ठगी, भारतका सरदारले पठाउथे बैँक खातामै तलब

बिज्ञापन

धनगढीः कैलालीको धनगढीमा कार्यालय नै सञ्चालन गरेर ठगी गर्ने काम हुँदै आएको पाइएको छ। ‘ह्याकर’को काम गर्दै आएका गिरोहका नाइकेले मासिक ४० हजार तलब बुझ्ने गरेको समेत खुलेको छ।

बिज्ञापन

कार्यालय प्रमुख (म्यानेजर) कञ्चनपुरका शिसाल सुनारसहित आठ जना कर्मचारीहरुले धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगरमा कार्यालय सञ्चालन गर्दै आएका थिए। उनीहरूको मासिक तलब भने भारतको नयाँ दिल्लीबाट बैँक खातामै आउने गरेको खुलेको हो। कार्यालय प्रमुख रहेका सुनारले मासिक ४० हजार र अन्य कर्मचारीले मासिक १२ देखि २० हजारसम्म पाउने गरेका छन्।

भारतको दिल्लीका सुरेश सरदारले उनीहरूको बैँक खातामा मासिक तलब तथा अन्य कार्यालय सञ्चालनका लागि रकम पठाउने गरेको खुलेको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले धनगढीमा ह््याकरको समूहले चार महिनादेखि कार्यालय सञ्चालन गर्दै आएको बताए। बोहराका अनुसार धनगढीमा मासिक ४० हजारमा घरभाडामा लिएर ह्याकरको गिरोहले भारतको दिल्लीबाट सुरेश सरदारले दिने निर्देशनका आधारमा काम गर्दै आएका थिए।

बिज्ञापन