राजनीति

पूर्व राजा ज्ञानेन्द्र झापा जाँदै, ८ हजार बाइकले स्कर्टिङ गर्ने

बिज्ञापन

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह आज दिउँसो झापा जादैछन् । उनी बिर्तामोडस्थित ई कम कलेजमा स्थापना गरिएको पृथ्वीनारायण शाहको सालिक अनावरणका लागि झापा जान लागेका हुन् ।

बिज्ञापन

उनको भ्रमण व्यवस्थापनका लागि राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन १० दिनदेखि झापामै रहेका छन् । अध्यक्ष लिङदेनले पूर्व राजाको कार्यक्रम व्यवस्थापन र तयारी गरिरहेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । पूर्व राजा ज्ञानेन्द्र आज धुलाबारीस्थित मेची रिसोर्टमा बस्ने कार्यक्रम रहेको छ । भोलि धुलाबारीस्थित निम्जा खोलाबाट उनको स्वागत र्‍याली सुरु हुनेछ ।

पूर्व राजा ज्ञानेन्द्र समेत सहभागी हुने उक्त ¥यालीलाई करिब ८ हजार मोटरसाइकले स्कर्टीङ गरेर धुलाबारीबाट बिर्तामोड पुर्‍या्उने कार्यक्रम रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । भोलिको कार्यक्रममा राप्रपाले कार्यक्रममा ५० हजार जनशक्ति उतार्ने तयारी गरेको छ ।

बिज्ञापन