सुदूरपश्चिम प्रदेश

१८ जना नेताकार्यकर्ता रिहाइको माग गर्दै महेन्द्रनगर बजार अनिश्चितकालीन बन्द

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कञ्चनपुरः कञ्चनपुरको महेन्द्रनगर बजार अनिश्चितकालीन रुपमा बन्द आह्वान गरिएको छ।

कञ्चनपुर प्रहरीले महेन्द्रनगरको स्थानीय पार्कमा रहेको शहिद भीमदत्त पन्तको शालिक तोडफोडमा संलग्न रहेको आरोपमा १८ जनालाई पक्राउ गरेपछि उनीहरुलाई निशर्त रिहाईको माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले अनिश्चितकालीन कञ्चनपुर बन्द गर्ने निर्णय गरेको हो। शुक्रवार महेन्द्रनगरमा गणतन्त्रको विरोध र राजसंस्थाको पुनःस्थापनाको माग गर्दै रापप्रासहितका स्थानीयले प्रदर्शन गरेका थिए।

बिज्ञापन

त्यस क्रममा उनीहरूले पार्कमा रहेको शालिक तोडफोड गर्नुका साथै पार्कको गेटमा लेखिएको भीमदत्तको नामसमेत मेटेका थिए। पार्टीको भातृ संगठनले राज्यको भ्रष्टाचार र व्यतिथिका विरूद्ध विभिन्न चरणकाका शान्तिपूर्ण कार्यक्रमको आयोजना गरेको पहिलो दिनमै १८ जना नेता कार्यकर्ताहरूलाई धरपकड गरी प्रहरीले हिरासतमा राख्नु गैर लोकतान्त्रिक भएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले ध्यानाकर्षण भएको जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।