युवतीको शव फेला

म्याग्दी (दरबाङ), मङ्सिर १० गते । पर्वतको जलजला गाउँपालिका–३, स्थित माटेपानी भिरमा एक युवतीको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक खुमलाल भुसालका अनुसार सो शव म्याग्दीको मङ्गला गाउँपालिका–३, बरङ्जा घर भई हाल बेनी नगरपालिका–८, क्याम्पसचोक बस्ने ३० वर्षीया पुष्पा सापकोटाको हो ।

सदरमुकाम बेनीबाट कात्तिक २१ गतेदेखि सापकोटा बेपत्ता हुनुभएको थियो । आइतबार कानुनी पक्रिया पूरा गरेपछि शवलाई पोष्टमार्टमका लागि बेनी अस्पताल राखिएको प्रनाउ भुसालले जानकारी दिनुभयो । स्थानीयले भिरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
