घटना समाचार

चिसोले रुकुम पश्चिमका दुई भूकम्प प्रभावितको मृत्यु

बिज्ञापन

सुर्खेत । चिसोका कारण रुकुम दुई जना पश्चिमका भूकम्प प्रभावितको मृत्यु भएको छ। जिल्लाको आठबिसकोट नगरपालिका १४ पिपलचौरका ६२ वर्षीय खगीजैसी र ६४ वर्षीय टिके जैसीको चिसोका कारण मृत्यु भएको हो।

बिज्ञापन

भूकम्पका कारण घर भत्किएपछि त्रिपालमुनि बसिरहेका सामान्य अवस्थाकी खगीको मंगलबार अपराह्न ५ बजेतिर ज्यान गएको र अर्का दमका रोगी टिकेको आइतबार राति साढे ९ बजेतिर मृत्यु भएको बताइएको छ ।

गत कात्तिक १७ गते जाजरकोको बारेकोट गाउँपालिका ०१ रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ रेक्टरस्कलको भूकम्पले घर भत्किएकाले उक्त वडाका अधिकांश मानिसहरु त्रिपालमुनि बस्न बाध्य छन्।

बिज्ञापन