टीकापुर

टीकापुर नगरपालिकामा तालाबन्दी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर: कैलालीको टीकापुर नगरपालिका केन्द्र र वडा नम्बर-१ को कार्यालयमा भूमिहीन सुकुम्वासीहरूले तालाबन्दी गरेका छन्। सुकुम्वासीहरूलाई जग्गा उपलब्ध गराउनका लागि गठित भूमि आयोगले प्रदान गर्ने निस्सा वितरणमा ढिलाइ गरिएको भन्दै सुकुम्वासीहरूले नगरपालिका केन्द्र र वडा नम्बर-१ को कार्यालयमा आज ११ बजेदेखि तालाबन्दी गरेका छन्।

नगरपालिकाले वडा नम्बर ६ मा सुकुम्वासीहरूका लागि निस्सा वितरणको कार्य सुरु गरेको भए पनि अन्य वडाहरूमा सुरु नभएको भन्दै आक्रोशित भूमिहीन सुकुम्वासीहरूले पालिका केन्द्र र वडा कार्यालयमा तालाबन्दी गरेको आन्दोलनका संयोजक पूर्णबहादुर खड्काले बताए।‘अन्य पालिकाहरूमा पुर्जा वितरणको कार्य सुरु भइसकेको छ, हामीकहाँ अझै निस्सा वितरणको समेत टुंगो छैन’ खड्काले भने ‘तत्काल निस्सा वितरण नगरे हामी संघर्षका थप कार्यक्रमहरू गर्नेछौं।’

बिज्ञापन

इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख चिरञ्जीवी रानाले माग उठाउनु उचित भए पनि सेवा प्रवाह नै रोक्नु कानुन विपरीत भएको बताउँदै ताला खोल्ने प्रयास भइरहेको बताए। ‘कार्यालय समयमा सेवा प्रवाह रोकिने गरी तालाबन्दी गर्नु कानुन विपरीत हो’ प्रमुख रानाले भने ‘तत्काल ताला खोलेर शान्तिपूर्ण रूपमा आफ्ना माग राख्न सक्नुहुन्छ। हामी ताला खोल्ने प्रयास गरिरहेका छौं।’

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।