राष्ट्रिय समाचार

विमानस्थलको प्रतीक्षालयमा बसेकी महिलाको ह्यान्डब्यागबाट जब धुँवा निस्कियो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक यात्रुले बोकेको हेण्ड ब्यागबाट अचानक धुवाँ निस्किएपछि केहीबेर खलबली भएको छ । विमानस्थल प्रहरी स्रोतका अनुसार एक महिलाको हेण्ड ब्यागमा आईप्याडमा जोडिएको पावर बैंक सर्ट भएको थियो ।

घटना आज बिहानको हो । चिनियाँ एयरबाट जान लागेकी ती चिनियाँ यात्रु बोर्डिङ पास लिएर प्रतीक्षा हलमा बसेकी थिइन् । ब्यागमा एक्कासी धुवाँ देखिएपछि सुरक्षाकर्मीले हस्तक्षेप गरेका थिए । महिला पुर्णरूपमा सुरक्षित रहेको प्रहरी स्रोतले बतायो । आईप्याडको अवस्था चेकजाँच गराएर सुरक्षित देखिएपछि उनलाई छाडिएको थियो ।

बिज्ञापन

विमानस्थलका प्रवक्ता सुभाष झाले अहिले यात्री आफ्नो गन्त्व्यमा गइसकेको बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।