अर्थ

सुनको भाउ तोलामा १ लाख २१ हजार नाघ्यो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । लगातार दोस्रो दिनपनि सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।

सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला आठ सयले बढेर एक लाख २१ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

बिज्ञापन

आइतबार मात्रै मूल्य प्रतितोला एक लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आइतबार प्रतितोला एक लाख २० हजार २ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज बढेर एक लाख २१ हजार रुपैयाँ कायम भएको छ ।

सोमबार बजारमा चाँदी प्रतितोला एक हजार ५ सय ४५ रुपैयाँमा स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।