रुसी सेनामा नेपाली युवा पठाउने गिरोह प्रहरी नियन्त्रणमा, काठमाडौंबाट समातियो

काठमाडौं– रुसी सेनामा नेपाली युवालाई पठाउने गिरोहका सदस्यलाई काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले समातेको छ।
नेपाल र भारतको बाटो हुँदै रुस पठाउने १२ जनालाई प्रहरीले एक अप्रेशन चलाएर नै समातेको हो।

दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगीलाई पक्राउ गरिएको काठमाडौं प्रहरीले जनाएको छ।
रुसी सेनामा जान युवा खोज्ने, कागजात मिलाइदिनेदेखि लिएर भिजिट भिसा मिलाउनेसम्मका गतिविधिमा संलग्नहरुलाई पक्राउ गरिएको काठमाडौं जिल्ला परिसरका प्रवक्ता प्रहरी उपरिक्षक (एसपी) कुमुद ढुंगेलले बताए।
युक्रेन–रुस युद्धका क्रममा रुसी सेनामा भर्ती भएका ६ जना नेपालीले ज्यान गुमाएका थिए।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
