पानसराले बाटोमै जन्माइन् तीन बच्चा

मार्तडी, मङ्सिर २० गते । बाजुरामा एक महिलाले बाटोमै बच्चा जन्माउनुभएको छ । जिल्लाको बुढीनन्दा नगरपालिका –४ कुरु बस्ने ३१ वर्षीय पानसरा रोकायाले तेस्रो पटक बाटोमै बच्चा जन्माउनुभएको हो ।
योभन्दा पहिला पनि उहाँले दुई सन्तानलाई बाटोमै जन्म दिनुभएको थियो । सुत्केरी व्यथा लाग्नेबित्तिकै पानसरा घरबाट एक्लै मङ्गलबार आधारभूत स्वास्थ्य केन्द्र कुरु जाँदैगर्दा उहाँले बाटोमा छोरी जन्माएको वडा स्वास्थ्य केन्द्रकी प्रमुख धर्मा चँदाराले बताउनुभयो ।

चँदाराका अनुसार उहाँले स्वास्थ्य चौकी जाँदैगर्दा बाटोमा बच्चा जन्माइरहेको फेला पारेपछि सहयोग गरेको बताउनुभयो । पानसरालाई अत्यधिक रक्तस्राव भएपछि बाटोबाट उद्धार गरेर स्वास्थ्य चौकी लगेको चँदाराको भनाइ छ ।
बाजुरामा पानसरा मात्र नभई धेरै आमाहरुले बाटोमा बच्चा जन्माउने गरेका छन् । स्वास्थ्य चौकी गाउँदेखि टाढा भएपछि स्थानीय महिलालाई समस्या भएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
