व्याक्ती बिशेष

इराकको एक भवनमा आगलागी हुँदा १४ जनाको मृत्यु

बिज्ञापन

काठमाडौं– नेपालमा राजसंस्थाको पतनको सुरुआतका रुपमा लिइएको दरबार हत्याकाण्डको रहस्य अहिलेसम्म खुलेको छैन। तर, तत्कालिन सभामुख तारानाथ रानाभाटको नेतृत्वमा बनेको छानबिन समितिले प्रतिवेदनचाहिँ बुझाएको थियो।

बिज्ञापन

अपत्यारिलो प्रतिवेदन भनी त्यसलाई विश्वास गर्ने कमै होलान्। यद्यपि, समितिले १९ जेठ २०५८ शुक्रबार राती भएको त्यो हत्याकाण्डका प्रत्यक्षदर्शीसँग बयान लिएको थियो।

यसक्रममा पूर्वयुवराज्ञी अर्थात् तत्कालिन शाहज्यादी हिमानी शाहको पनि बयान लिइएको थियो। उनले यस विषयमा के बयान दिएकी थिइन् भन्ने चासो सर्वत्र छ। 

राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारीहरू श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको हत्या भएको उक्त प्रकरणको अहिले पनि सान्दर्भिक चासो जनमानसमा रहेको छ। 

घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए।

छानबिन समितिलाई हिमानीले दिएको बयानका विषयमा वीरेन्द्रका एडीसी रहेका नेपाली सेनाका पूर्वअधिकारी सुन्दरप्रताप शाहले पुस्तक दरबारको दुखान्तमा केही उल्लेख गरेका छन्।

पुुस्तकका अनुसार हिमानीले भनेकी थिइन्,‘डिटेलमा त अब के भयो हामीलाई त्यो त थाहा भएन। तर सुरुदेखि नै हामी कार्यक्रममा थियांै। कार्यक्रममा ८ बजेसम्म सबैजसको सवारी भैसकेको थियो । ठूलो बुवा (राजा वीरेन्द्र) सवारी हुँदाखेरी अलि अगाडिको घटना मलाई थाहा छैन।’

हिमानीले अगाडि भनेकी थिइन्,‘ठूलो बुवा सवारी हुनुभन्दा पहिले क्राउन प्रिन्सलाई निराजन सरकार, पारस, राजीव ज्वाँई, गोरखले बोकेर खोपीमा सवारी गराइएको थियो। पछि महाराजधिराज सवारी भएको एकै छिनमा ड्याङग आवाज आयो।’

गोली चल्दा राजकुमार धीरेन्द्र शाह (वीरेन्द्रका कान्छा भाई)को विषयमा समेत उल्लेख गर्दै हिमानीले भनेकी थिइन्,‘कान्छो बुवा अगाडि सर्नुभयो। कान्छा बुवालाई पनि हानिबक्स्यो अनि कुना तिर यसो साईड परेर लुकेर हामी बसिराखेका थियौ अनि त्यसपछि चुप लागेर बस्यौ …त्यसपछि फेरी आएर परर पर्रररर बन्दुक पड्केको सुनेको त्यति नै हो।’

हिमानीले बयानका क्रममा बन्दु पड्केको बारे केही पनि नसुनेको बताएकी थिइन्। हाल राजसंस्थाको आवाज बलियो भएका बेला उक्त घटनाले दरबार कति संकटमा थियो भन्ने चासो र चर्चा छ।

बिज्ञापन