राष्ट्रिय समाचार

इराकको एक भवनमा आगलागी हुँदा १४ जनाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूलो घोषणा गरेका छन्। शनिबार भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा भएको कार्यक्रममा उनले अवैधानिक हिसाबले विदेशमा थुपारेका सम्पत्ति जफत गरिने बताएका छन्।

‘भ्रष्टाचार लगायत अन्य गैरकानुनी ढंगबाट आर्जित सम्पत्ति विदेशबाट पुनः प्राप्तिका लागि कानुनी र संरचनागत प्रबन्ध तयार गरी कार्यान्वयन हुन्छ’, प्रधानमन्त्रीले भनेका छन्।

बिज्ञापन

नेपालका राजनीतिक दलका नेतादेखि उद्योगी व्यापारीको सम्पत्ति विदेशका विभिन्न बैंकमा रहेको चर्चा चलिरहेका बेला प्रचण्डको यो घोषणा आएको हो। कार्यान्वयनमा जाने या नजाने भन्ने विषयमाचाहिँ शंका रहेका प्रतिक्रिया कतिपयले दिएका छन्।

‘निजी क्षेत्रमा हुने भ्रष्टाचारलाई कसुरको रूपमा परिभाषित गरी दण्डनीय बनाउन कानुनी व्यवस्था गर्न लागेको छु’ प्रचण्डले घोषणा गरेका छन्।

सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढिरहेको दाबी गरेका उनले भ्रष्टाचारका कारणहरूको पहिचान गरी त्यसको निवारणका निम्ति सरकारले राज्यका सबै संयन्त्रहरूलाई प्रचलित कानुनबमोजिम परिचालन गर्ने ठोकुवा गरे।

नेपालका चिर परिचितदेखि कतिपय उद्योगी व्यापारीलगायतको रकम विदेशी बैंकमा रहेको खुलासा हुँदै आएको थियो। पछिल्लो पटकमात्र अर्बको आँकडामा नेपालको पैसा सिंगापुरदेखि स्वीटजरल्यान्डको बैंकसम्म थुपारिएको तथ्यांक सार्वजनिक भएका थिए।

के प्रचण्डको यो घोषणा कार्यान्वयनमा जान सक्ला? भन्ने प्रश्न अगाडि आएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।