सहयोग तथा उदार

प्रधानमन्त्रीद्वारा सन्त निरंकारी मण्डल नेपाललाई धन्यवाद ज्ञापन पत्र

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत कात्तिक १७ गते राती जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्प पिडितलाई सहयोग रकम प्रदान गरेकोमा सन्त निरंकारी मण्डल नेपाललाई धन्यवाद ज्ञापन पत्र दिएको कुरा सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले जानकारी गराउनुभयो ।

‘विनाशकारी भूकम्पबाट ठूलो जनधनको क्षति भएको संवेदनशील घडीमा भूकम्प प्रभावितहरुको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु दुई लाख पच्चिस हजार जम्मा गरी सहयोग गर्नुभएकोमा धन्यवाद ज्ञापन गर्दछु’, प्रधानमन्त्री प्रचण्डद्वारा प्राप्त पत्रमा उल्लेख गरिएको छ ।

बिज्ञापन

स्मरण रहोस सन्त निरंकारी मण्डल नेपालले गत मंसिर ५ गतेका दिन काठमाडौंको सिंहदरबार परिसरमा रहेको नेपाल बाणिज्य बैंक मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा गरेको थियो । त्यसअघि सोही दिन नेपाल प्रमुख रावल नेतृत्वको टोलीले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका सम्बद्ध अधिकारीलाई भेटेर राहत तथा मण्डलको सिद्धान्त तथा उद्देश्यबारेमा छलफल समेत गर्नुभएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।