राजनीति

एमालेको यात्रामा अवरोध गर्न खोज्ने ८ पहिचानवादी पक्राउ

बिज्ञापन

काठमाडौं । प्रहरीले विभिन्न कोशी प्रदेशका विभिन्न जिल्लाबाट ८ जना पहिचानवादीलाई पक्राउ गरेको छ ।

बिज्ञापन

नेकपा एमालेको मध्यपहाडी क्षेत्र केन्द्रित संकल्प यात्रालाई अवरोध गर्न खोजेको भन्दै खोटाङ, ओखलढंगा लगायतका जिल्लाबाट ८ जनालाई प्रकाउ गरिएको प्रदेश प्रहरी कार्यालय कोशीका प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले बताए ।

पक्राउ पर्नेहरुमा प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिमा आबद्ध रहेका राजेश राई, गन्धमान राई र विजय राई लगायत छन् । मध्यपहाडी पुष्पलाल लोकमार्गको पश्चिमी सीमावर्ती विन्दु बैतडीको झुलाघाटबाट सुरु भएको एमालेको संकल्प यात्रा आज मंगलबारबाट कोशी प्रदेश प्रवेश गर्दैछ ।

एमालेको संकल्प यात्रा ओखलढुंगाको हर्कपुरमा सभा आयोजना गरि उदयपुरको घर्मी हुँदै कोशी प्रदेश गर्नेछ । घुर्मीबाट सुरु हुने एमालेको यात्रा भोजपुरको चखेवा भन्ज्याङ, धनकुटाको पाख्रीबास, तेह्रथुमको वसन्तपुर, म्याङ्लुङ र पाँचथरको फिदिम हुँदै पुस २ गते चिवाभञ्ज्याङ पुग्नेछ । यात्राको अन्तिम विन्दु चिवाभञ्ज्याङ हो ।

कोशी प्रदेश नामाकरणबारे असन्तुष्ट ‘पहिचानवादी पक्षधर’हरुले एमालेको संकल्प यात्रामा शान्तिपूर्ण तरिकाले अवरोध पुराउने घोषणा गरेका छन् । पहिचानवादीहरुले कोशी प्रदेश नामाकरणको पक्षमा मतदान गर्ने प्रदेश सभाका ८२ सांसद र एमालेका तीन नेताहरू, अध्यक्ष केपी शर्मा ओली, सचिव योगेश भट्टराई र केन्द्रीय सदस्य महेश बस्नेतलाई पूर्वी पहाड प्रवेशमा अवरोध गर्ने बताउँदै आएका छन् ।

एमालेले भने आफ्नो संकल्प यात्रामा अवरोध नगर्न अपिल गरेको छ । एमालेको संकल्प यात्रामा हुनसक्ने सम्भावित अवरोध र त्यसबाट उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै प्रहरीले पूर्वी पहाडको सुरक्षा व्यवस्था कडा बनाएको छ । पहाडी क्षेत्रमा सुरक्षा व्यवस्था मजबुत बनाउन तराईका जिल्लाबाट समेत सुरक्षाकर्मीहरु मध्यपडाही राजमार्गमा परिचालन गरिएको छ ।

बिज्ञापन