राजनीति

ओखलढुंगामा पहिचानवादीद्वारा एमालेको गेट जलाइयो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । ओखलढुंगामा नेकपा एमालेले पाहुनाको स्वागतका लागि तयार पारेको गेट पहिचानवादीले भत्काइदिएका छन् ।

झुलाघाट–चिवा भञ्ज्याङ्ग संकल्प यात्रामा निस्केको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अभियान आज ओखलढुंगाको हर्कपुरमा सभा आयोजना गर्दै उदयपुरको घुर्मी हुँदै को्शी प्रदेश प्रवेश गर्दैछ ।

बिज्ञापन

सोही संकल्प यात्राका क्रममा पाहुनालाई स्वागतका लागि तयार पारिएको स्वागतद्वार पहिचानवादीले भत्काएर जलाइदिएका हुन् । यता एमालेले भने संकल्प यात्रामा अवरोध नपु¥याउन आग्रह गरेको छ ।

पहिचानवादी नेता दिपेन्द्र रुम्दालीले विरोधस्वरुप ओखलढुंगामा रहेको गेट भत्काइएको बताए । ‘हामीले शान्तिपूर्णरुपमा विरोध गर्दैछौं । तर, हाम्रा साथीहरुले विरोधस्वरुप ओखलढुंगामा रहेको गेट भत्काइदिनुभएछ,’ उनले भने ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।