टीकापुर

टीकापुरमा पुष २६ देखि महोत्सव गर्ने तयारी

बिज्ञापन

टीकापुर उद्योग वाणिज्य संघले पुष २६ देखि महोत्सव आयोजना गर्ने भएको छ । वाणिज्य संघले सुदूरपश्चिम औद्योगिक ब्यापार मेला तथा टीकापुर महोत्सव २०८० को आयोजना गर्ने निर्णय गर्दै तयारी शुरु गरेको छ । संघले पत्रकार सम्मेलन गरी महोत्सव पुष २६ देिख माघ ७ गतेसम्म सञ्चालन हुने जानकारी दिएको छ । संघका अध्यक्ष चक्रपाणी सापकोटाले विगतका वर्षहरु झैं यसवर्ष पनि महोत्सवलाई निरन्तरता दिन खोजेको बताउनुभयो । 
यस वर्षको महोत्सव अघिल्ला वर्षहरुभन्दा फरक हुने वाणिज्य संघका महासचिव नवराज रिमालले बताउनुभयो । यस वर्ष सांस्कृतिक प्रस्तुती, खर्च र महोत्सवमा राखिने कुराहरु धेरै फरक रहने उहाँको भनाइ छ ।

बिज्ञापन
बिज्ञापन