आस्था /आध्यात्म

मन–मन्दिरको उज्यालोबाटै संसार उज्यालो– नर बहादुर रावल (अध्यक्ष– स.नि.म. नेपाल)

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

खटीमा (उत्तराखण्ड), २७ मंसिर । भारतको उत्तराखण्ड खटीमामा आयोजित एक दिवसीय निरंकारी सन्त समागममा सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले हाम्रो मन–मन्दिर उज्यालो हुन्छ भने संसार नै उज्यालो हुने कुरा बताउनु भएको छ ।

उहाँले ज्ञान नलिनुभन्दा पहिले हामी विभिन्न माध्यमबाट परमात्मालाई मानिरहेका थियौं । नेपाल एउटा मन्दिरै मन्दिरले भरिएको देश हो । यहाँ जताततै मन्दिरै मन्दिर भएकोले हामी बिहान घरबाट निस्किदा देवी–देवतालाई नतमस्तक गरेर निधारमा टीका लगाएर हरेक कार्यमा जाने गथ्र्यौं । यति धेरै कर्म–काण्ड गर्दा पनि हाम्रो मन उज्यालो हुन सकेको थिएन । हामीले परमात्मालाई जानेका थिएनौं तथापि हामी भक्ति गरिरहेका थियौं, पूजा गरिरहेका थियौं । आज हामी माथि सत्गुरुको अपार कृपा भयो जसबाट हाम्रो मन–मन्दिर उज्यालो छ । जब हाम्रो मन–मन्दिर उज्यालो हुन्छ भने संसार नै उज्यालो हुने गर्दछ, उहाँले बताउनु भयो ।

बिज्ञापन

जुन परमात्माको हामी पूजा, भक्ति गरिरहेका थियौ, त्यसको हामीलाई जानकारी थिएन तर आज सत्गुरुले हामीमाथि कृपा गरयो जसबाट हामीले परमात्माको साक्षात दर्शन गर्न सफल भयौं । सत्गुरुले हामीमाथि कुनै धर्म, सम्प्रदाय, संस्कृति, जात–पात, धनि–गरीब, सानो–ठुलो आदिको कुनै भेदभाव नगरेर हामीलाई ब्रम्हज्ञान प्रदान गर्नुभयो । जब हामीलाई सत्गुरुबाट ब्रम्हज्ञान प्राप्त भयो तब हामीलाई थाह भयो कि संसारमा केवल एउटा मात्र परमात्मा–ईश्वर छ । हामीले यसै एक परमात्मा–ईश्वरलाई जानेर सबै मानव प्राणी यसै ईश्वरका सन्तान हुन, यिनैसंग प्रेम गरेर एकापसमा मिलेर बस्नु पर्छ भन्ने ज्ञानको माध्यमबाट हामीलाई थाह भयो, उहाँले प्रष्ट पार्नुभयो ।

उहाँले बाल्यकालमा स्कूलमा पढेको प्रभु–स्तुतिको स्मरण गर्दै भन्नुभयो कि ईश्वर तिमीले सूर्य बनायौं, चन्द्र बनायौं, तारा बनायौं, पृथ्वी, जल, थल, वायु, आकाश, अग्नि, पशु–पंक्षी, नर–नारी बनाउनु भयो र तिमीले नै सबैको पालन–पोशषण पनि गर्नु हुन्छ, तर तिमी परमेश्वर हुँदा–हुदै पनि तिमीलाई बुझ्न सकिएन । ठुलो भइसकेपछि भूगोल शास्त्रले सूर्य, चन्द्र, तारालाई ग्रहको रुप दियो यसलाई पनि हामी ईश्वरको रुप सम्झेर पूजा गरिरहेका थियौं । तर जब हामीलाई ब्रम्हज्ञानबाट थाह भयो कि यी सबै प्रकृति हुन । यिनीहरुको अस्तित्व केहि समयसम्म मात्र छ । यिनीहरु परिवर्तनशिल छन्, डोलायमान छन्, त्यसैले यिनीहरु ईश्वर होइनन् । सत्गुरुले हामीलाई बताउनु भयो कि यो परमात्मा एक छ, यसको कुनै रंग छैन, रुप छैन, यसलाई कुनैपनि शास्त्रले काट्न सकिदैन, हावाले उडाउन सक्दैन, आगोले जलाउन सक्दैन, यो कुनैपनि अवस्थामा परिवर्तन हुँदैन । सधैं एक जस्तै रहन्छ, यो अविनाशी छ, सबैको घटमा छ यही नै निराकार–परमात्मा हो भनेर जानकारी गराउनुभयो, उहाँले बताउनुभयो ।

अन्तमा उहाँले १६ र १७ मार्चमा नेपालको काठमाडौंमा हुन गइरहेको निरंकारी सन्त समागममा सम्पूर्ण सन्त–भक्तहरुलाई हार्दिक आमन्त्रण गर्नुभयो ।

भारतको उत्तराखण्ड राज्यको खटीमामा सत्गुरु माता सुदीक्षा जी महाराज एवं निरंकारी राजपिता रमित जीको छत्रछायामा आयोजना गरिएको उक्त समागममा भारतका विभिन्न राज्यबाट आएका सन्त–भक्तहरुको साथै नेपालबाट सहभागी भएका सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख देवराज रिमालले प्रवाचन र मुम्बईबाट नेपाल आउनु भएको प्रेम सिंह एवं साथी र धन्ञ्जय सिंह एवं साथी तथा महेन्द्रनगरका भाइ–बहिनीहरुले समधूर भजन प्रस्तुत गरेर सबैलाई आनन्दित दिलाएका थिए । समागमको एक दिन पूर्व राति खटीमामा बनेको नयाँ ुसत्संग भवनको उद्घाटन सत्गुरु माता सुदीक्षा जी र राजपिता रमित जीबाट गरिएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।