अर्थ

सातामा सुन प्रति १० ग्राम तीन हजार रुपैयाँ बढ्यो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । स्थानीय बजारमा यस साता सुनको मूल्य प्रति दश ग्राम रु एक हजार तीन सय ७० ले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आइतबार प्रति दश ग्राम रु एक लाख सात सय ४० मा कारोबार भएको थियो । शुक्रबार रु एक लाख दुई हजार एक सय दसमा उक्त सुन कारोबार भएको छ ।

नेपाली बजारमा पनि यो साता सुनको मूल्य बढ्यो । स्थिर रहेको सुनको मूल्य साताको दोस्रो दिन सोमबार बढेर त्यसपछि दुई दिन केही घटे पनि बिहीबारदेखि पुनः बढेको थियो ।

बिज्ञापन

महासंघका अनुसार यो साता पनि विश्व बजारमा सुनको मूल्य बढेको छ । अमेरिकी रिजर्भ बैंक फेडले ब्याजदर कटौती गर्ने संकेत गरेसँगै बढेको सुनको मूल्यमा विभिन्न मुलुकमा जारी द्वन्द्वले थप असर पारेको बिश्लेषकहरुले बताएका छन् । उनीहरूले नयाँ वर्षमा सुनको मूल्यले रेकर्ड कायम गर्न सक्ने आँकलनसमेत गरेको महासङ्घले उल्लेख गरेको छ ।

यो साता नेपाली बजारमा चाँदीको मूल्य पनि बढेको छ । साताको पहिलो दिन आइतबार रु एक हजार दुई सय २२ मा कारोबार भएको चाँदीको मूल्य साताको अन्तिम दिन शुक्रबार प्रति १० ग्राम रु एक हजार दुई सय ६० कायम भएको महासङ्घका कार्यवाहक महासचिव किरणभाइ बज्राचार्यले जानकारी दिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।