राजनीति

राजा महेन्द्रले ‘कू’ गरेको हैन नेपाल जोगाएका थिए!

बिज्ञापन

काठमाडौं– गणतन्त्र नेपालमा कुशासनको व्यापक आलोचना भइरहेका बेला राजसंस्थाको सान्दर्भिकता रहेको भनी कतिपय आन्दोलन र प्रदर्शन भइरहेका छन्।

बिज्ञापन

राजाका पालामा भएका विकासका धरोहर ध्वस्त बनाइएको, विदेशीको साहरामा नेपाललाई अधिनस्त बनाउनेगरी गणतन्त्र अघि बढेको आरोप लागिरहेका बेला तत्कालिन राजा महेन्द्र शाहले १ पुस २०१७ सालमा कसरी शासन सत्ता हातमा लिएका थिए?

खासमा राजा महेन्द्र बीपीलाई सत्ताबाट हटाएर उनको स्थानमा कांग्रेसकै अर्का नेता सुवर्णशमशेर राणालाई प्रधानमन्त्री बनाउन चाहन्थे । त्यसका लागि राजाले बीपीमाथि अनेकौ उपायमार्फत् दबाब दिएको कतिपय पुस्तकमा चर्चा गरिएको छ।

२०१५ सालका सांसद श्रीभद्र शर्माले लेखेको ‘बीपीसँगका केही स्मरण’ भन्ने पुस्तकका अनुसार कुनै उपाय नचलेपछि राजाले निर्वाचित सरकारलाई हटाउँछन् भन्ने हल्ला फिँजाउन लगाए । यो काममा उनले बीपीका दाहिने मानिएका कांग्रेस महामन्त्री डा.तुलसी गिरी र अंगरक्षक जर्नेल शेरबहादुर मल्ललाई उपयोग गरे ।

राजाले आफूलाई हटाए पनि प्रजातन्त्र माथि कु गर्छन् भन्ने विश्वास बीपीलाई थिएन । पुष १ भन्दा दिन अघि प्रमुख प्रतिपक्षी दलका नेता भरतशमशेर राणा बीपीलाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास त्रिपुरेश्वर (दशरथ रंगाशालाको नजिक हाल भन्सार विभाग रहेको १ नं गेष्ट हाउस) गएका थिए ।

उनले त्यही मुलुकको अवस्था ठीक नभएको र राजाले जुनसुकै बेला प्रधानमन्त्रीलाई जेल हाल्ने पक्का भैसक्यो भन्दै देश छाडेर भागौं भन्ने प्रस्ताव राखे । राणालाई सम्झाउँदै बीपीले भनेका थिए ‘प्रधानमन्त्री र विपक्षी दलको नेता भाग्न हुँदैन । जे पर्छ हामीले बेहोर्नु पर्छ’ ।

कु भएकै दिन बिहान आफ्नो सरकारी निवासमा पुगेका पत्रकार मदनमणि दीक्षितसँग बीपीले राणासँग अघिल्लो दिन भएको वार्तालाप सुनाउँदै भने  ‘राजाले मलाई रुचाउँदैनन् भने म प्रधानमन्त्री पद त्याग्न तयार छु । सुवर्ण शमशेरलाई देशको प्रधानमन्त्री बनाउने उहाँको इच्छा हो भने म विरोध गर्दिनँ ।’

राजधानीमा चिसो बढ्दै जाँदा राजनीतिक तापक्रम भने उच्च विन्दुतर्फ उन्मुख थियो । कुन बेला के हुने हो थाहा छैन । विपक्षी दलका नेता भरतशमशेर २०१७ मंसिरको अन्तिम दिन राति सुत्नै सकेनन् ।

अन्धकार सन्नाटाबीच घोडचडीको टक्कर–वक्कर आवाज सुनियो । सके छन् की क्या हो भन्ने लाग्यो उनलाई । राजप्रसादको घोडचढी सिपाही (रिसल्ला) राति  अचानक १२ बजे बबरमहलतर्फ बढेको देखियो । ‘अन्धकार सन्नाटामा घोडचडी राणाको ढोकै अगाडि आएर टक्क अडियो । किन, केको हतार प¥यो ? राणा छक्क परे ।

दरबारको पत्र दिउँसो नपठाएर मध्यरातमै किन ? उनलाई लाग्यो ल अब राजाले सके छन् क्यारे । राजाले आज सिध्याउँछन्, कि भोली भन्ने गज्जबको पृष्ठभूमिमा यिनै प्रश्नहरुको चापले हतारिएर उनी लिफफा च्यात्न थाले । त्यहाँ लेखिएको थियो भोलि ३ बजे श्री ५ को दर्शन गर्न नारायणहिटी दरबारमा हाजिर हुनुहोला । स्नेही निजी सचिव ।

दर्शन पाउँ सरकार भनेर विन्तिपत्र नचढाएसम्म दरबारले बोलाउने कुनै चलन थिएन । तर के हतार प¥यो र मध्यरातमा चिठी पठाएर भेट्न बोलाएको ? राणा छक्क परे ।

बिहानै राणा दिल्ली उड्ने तरखरमा थिए । बाहिर हेरे जताततै हुस्सुले ढपक्क ढाकेको । दरबारको पत्र बारे सोच्दा सोच्दै उनी रातभर सुत्नै सकेनन् ।

पुष १ को अघिल्लो रात नारायणहिटी दरबारमा राजा पनि जाग्राम नै थिए । नाताले आफ्नै जेठान सेनापति नीरशमशेर राणामाथि उनको विश्वास थिएन । प्रहरीको नेतृत्वमा २००७ सालको क्रान्तिमा कांग्रेसले बनाएको मुक्ति सेनाका कमाण्डहरु पुगिसकेका थिए । त्यसैले पुलिसमाथि उनी भर पर्न सक्ने अवस्था थिएन ।

कतिपयले राजा महेन्द्रबारेमा अनेक धारणा बनाए पनि ०४६ सालपछि नेकपा मालेका महासचिव सीपी मैनालीको सोच बदलिएको थियो।

मैनालीले कुनैबेला दिएको एउटा अन्तरवार्तामा भनेका छन्,‘अहिले होइन, ०४६ सालपछि नै राजा महेन्द्रको विषयमा मेरो दृष्टिकोण फेरिएको हो । पहिले नबुझेर बिरोध गरियो । तर, राम्ररी बुझेपछि म यो निस्कर्षमा पुगेँ कि राजा महेन्द्र नरहेको भए नेपाल भन्ने देशको अस्तित्व नै समाप्त हुने रहेछ ।’

त्यसो त वीपीलाई महेन्द्रले जेल हाले पनि अन्ततः भारतीय दृष्टिकोणदेखि व्यवाहारलाई झेलेपछि भनेका थिए,‘राजासँग मेरो घाँटी जोडिएको छ।’

यसको अर्थ केलाउन सक्नुपर्ने धेरैको मत छ । मैनाली अगाडि भन्छन्,‘आज तपाईं हामी यसरी नेपाली भएर बाँच्न नपाउने रहेछौं। उनी निरंकुश थिए, त्यो म स्वीकार्छु । तर, एक राष्ट्रप्रेमी थिए जसले नेपाललाई भारतको चंगुलबाट बाहिर निकाले । नेपाललाई अर्को सिक्किम बन्नबाट जोगाए । त्यसैले नेपालको एकीकरण पृथ्वीनारायण शाहले गरेका हुन् भने यसको सम्प्रभूताको रक्षा राजा महेन्द्रले गरेका हुन् ।’

बिज्ञापन