घटना

टिपरको ठक्करबाट २ युवाको मृत्यु भएपछि प्रदर्शन, गाउँपालिका उपाध्यक्षसहित पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । दाङमा टिप्परको ठक्करबाट दुई युवाको मृत्यु भएपछि आफन्तले सडकमा टायर बालेर आन्दोलन गरेका छन् ।

शुक्रबार राति टिप्परको ठक्करबाट प्युठानका दुई युवाको मृत्यु भएपछि मृतकका परिवारले उचित क्षतिपूर्तिको व्यवस्था र टिपर चालकलाई कारबाही नभएसम्म शव नउठाउने भन्दै आइतवार बिहानदेखि आफन्तहरुले सडक अवरुद्ध गरेर प्रदर्शन गरेका हुन् ।

बिज्ञापन

सडक अवरुद्ध गरेर प्रदर्शन गरेपछि प्रहरीले मृतकका केही आफन्तलाई नियन्त्रणमा लिएको छ । जसमा प्युठानको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेल, नौबहीनी गाउँपालिका–६ का वडाअध्यक्ष मानबहादुर केसी र मृतक दुई युवाका दाजु तथा मामा राजेश जिसीलगायत रहेका छन् ।

टिपर व्यवसायी र पीडित पक्षबीच शनिबार दिनभर वार्तासमेत भएको थियो । वार्ता सफल हुन नसकेपछि घोराही–तुलसीपुर सडकखण्ड अवरुद्ध गर्ने पीडित पक्षले चेतावनी दिएको थियो ।

तुलसीपुरबाट घोराही जाँदै गरेको टिपरले दुई युवक सवार मोटरसाइकललाई घोराही १० झारबैरा चोकमा शुक्रवार राति सवा १० बजेतिर ठक्कर दिएको थियो । घाइते दुवैजनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको थियो ।

टिप्पर चालक रोल्पा रुन्टीगढी ९ का वर्ष २६ का ईश्वर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मृतकको शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।