Uncategorized

‘जीवनशैली परिवर्तन गरेमा मधुमेह नियन्त्रण गर्न सकिन्छ’

बिज्ञापन

काठमाडौं, पुस २ गते । पछिल्लो समय मधुमेहका बिरामीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । चितवन मेडिकल कलेजका इन्डोक्राइमोलोजिष्ट (हर्मनरोग विशेषज्ञ) डा. सौरभ खतिवडाले पछिल्लो समय खराब जीवनशैलीका कारणले गर्दा साथै उमेरमा पनि मधुमेहको समस्या देखिने गरेको बताउनुहुन्छ ।

बिज्ञापन

उहाँ भन्नुहुन्छ, “पहिले पहिले २० वर्ष माथिकालाई मात्र हुने मधुमेह पछिल्लो समय खराब जीवनशैली अत्यधिक मोटोपन, काब्रोहाइडेडयुक्त खानेकुराका कारणले २० मुनिकालाई पनि मधुमेह पुष्टि हुने गरेको छ ।”

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भर्खरै मात्र सार्वजनिक गरेको तथ्याङ्कमा पनि मधुमेहका बिरामी बढेकाे देखाएको छ । आर्थिक वर्ष २०७९/८० मा देशभरबाट  तीन लाख १२ हजार ३४२ जना मधुमेहका बिरामी थपिएका छन् ।

उक्त तथ्याङ्क अनुसार कोशी प्रदेशमा सबैभन्दा बढी मधुमेहका बिरामी थपिएका छन् । कोशी प्रदेशमा ८४ हजार ७८८ बिरामी थपिएका छन् ।

मधेश प्रदेशमा ३१ हजार ९३२, बागमती प्रदेशमा ८३ हजार ३४४, गण्डकी प्रदेशमा ३५ हजार ४२२, लुम्बिनी प्रदेशमा ५१ हजार ७२७, कर्णली प्रदेशमा छ हजार ७९ र सुदूरपश्चिममा १९ हजार ५० जना मधुमेहका बिरामी थपिएका छन् ।
मधुमेह भनेको के हो ?

हर्मनरोग विशेषज्ञ डा.सौरभ खतिवडाका अनुसार रगतमा ग्लुकोज (सुगर)को मात्र आवश्यकभन्दा बढी बढ्ने प्रक्रियालाई मधुमेह भनिन्छ । चिकित्सकका अनुसार हाम्रो शरीरमा इन्सुलिन भन्ने हमोन उत्पादन हुन्छ । उक्त हमोनले चिनिको मात्र नियन्त्रण गर्ने काम गर्छ । उक्त हमोनको उत्पानमा कमी आई वा हमोनले काम नगरी चिनीको मात्रा रगतमा अनियन्त्रित तरिकाले बढ्ने डा. खतिवडा बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “गुलकोज लेबललाई नियन्त्रण गर्नु नै यसको उचार हो । इन्सुलिन कम बन्न र भएको इन्सुलिनले पनि राम्रोसँग काम नगर्नुनै अर्को इन्सुलिन छिटो÷छिटो खराब हुने भएकाले रगतमा ग्लुकोजको मात्र बढ्ने गर्छ ।”

डा. खतिवडाका अनुसार मधुमेह टाइप वान र टाइप टु गरी दुई प्रकारका हुन्छन् । ९० प्रतिशतलाई टाइप टु मधुमेह र १० प्रतिशत टाइप वान मधुमेह हुने विभिन्न अध्ययनले देखाएको छ ।

डा. खतिवडाका अनुसार धेरै थकाइ लाग्ने, तौल घट्दै जाने, छिटो छिटो पिसाब लाग्ने, इन्फेक्सन नहुने, आँखा धमिलो देख्ने मधुमेहका प्रमुख लक्षण हुन् ।

मधुमेह खराब जीवनशैली काब्रोहाइडेडयुक्त खाना बढी खाने, मोटोपन, शारीरिक कसरत नगर्ने, वंशाणुगत कारणले गर्दा मधुमेह हुने डा. खतिवडाको भनाइ छ । 

रगतमा चिनीको मात्र बढी भएका छोटो अवधिमा नै इन्फेक्सन हुने, निमोनिया हुने, पिनास हुने, शरीरमा एक किसिमको एडिड उत्पादन भएर प्राणघातक अवस्था पनि आउन सक्छ । नसामा झम झम हुने, मुटुको नली बन्द हुँदै जाने, कोलेस्ट्रोल जाम हुँदै जाने, मिर्गौलामा, आँखामा विभिन्न समसया देखिने जस्ता दीर्घकालीन असर पर्दछन् ।

चिकित्सकका अनुसार सामान्य रगतको जाँच गर्दा पनि मधुमेह भए/नभएको पत्ता लगाउन सकिन्छ । डा.मधुमेह भइसकेपछि विभिन्न औषधिको माध्यमबाट, जीवनशैली परिवर्तन गरेर मधुमेहलाई नियन्त्रणमा राख्न सकिन्छ ।

बिज्ञापन