राष्ट्रिय समाचार

धनगढीको महोत्सवमा पल शाहको ३ तोला सुनको ब्रासलेट हरायो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली । धनगढीको महोत्सवमा पल शाहको ब्रासलेट हराएको छ।

महोत्सवमा प्रस्तुति दिइरहेका बेला शनिवार शाहको करिब ३ तोला बरावरका सुनको ब्रासलेट हराएको हो ।

बिज्ञापन

ब्रासलेट खोज्न सिसिटिभी हेरिए पनि अहिलेसम्म फेला नपरेको महोत्सवका सांस्कृतिक संयोजक मिलन कुँवरले जानकारी दिए । उनका अनुसार हराएको ब्रासलेट फेला परेको छैन। तर, शाहले ब्रासलेट हराएकोमा कुनै गुनासो नगरेको कुँवरले बताए ।

‘महोत्सवमा त्यो दिन एक लाख बढी दर्शक थिए । त्यही दिन हराएको हो त्यसमा उहाँको कुनै गुनासो छैन’ कुँवरले भने ।

शनिवार पल शाहको ब्रासलेट हराएको बारे आइतबारका उद्घोषकले पनि जानकारी गराएका थिए । तर, अहिले सम्म पनि ब्रासलेट नभेटिएको आयोजकले जानकारी दिएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।