राष्ट्रिय समाचार

पिसाबको आहालमै बस्नुपर्ने बाध्यता

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ, पुस ४ गते । खोटाङकी ३६ वर्षीया पुना राई काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६, जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा आश्रित हुनुहुन्छ । उहाँको शरीर चल्दैन । उठ्न बस्न पनि सहारा चाहिन्छ । 

केन्द्रमै बस्ने पाल्पाका ३६ वर्षीय कृष्ण खड्काको पनि व्यथा उस्तै छ । हिँडडुल गर्नु त टाढाको कुरा उहाँको शारीरिक अवस्थाले पूरै ओछ्यान पर्नु परेको छ । केन्द्रका अहिले सञ्चालनमा रहेका १९ वटा कोठामध्ये पाँच वटा कोठामा खड्का र राई जस्तै अति अशक्तलाई राखिएको छ । 

बिज्ञापन

केन्द्रमा ४५ जना अति अशक्त र अपाङ्गता भएका व्यक्ति छन् । त्यस्ता व्यक्तिलाई एउटा कोठामा चारदेखि नौ जनासम्म राखिएको छ । यसरी अति अशक्त बस्ने कोठामा बाहिरबाट गएका कोही पनि पस्न सक्दैनन् । कोठा डुङ्डुङ्ती गनाएका छन् । सरसफाइमा चरम लापरबाही छ । बौद्धिक अपाङ्गता भएका विद्यार्थीसहितका व्यक्ति बस्ने कोठा केही सफा छन् ।

अधिवक्ता एवं अपाङ्गता अधिकारकर्मी विदुरकुमार थापाले नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा राजनीति र आर्थिक चलखेलका घटनाले प्रश्रय पाएपछि संस्थाको दूरवस्था आएको बताउनुभयो । उहाँले भन्नुभयो, “केन्द्रमा आवासीय रूपमा बसोबास गर्ने दिदीबहिनी दाजुभाइले भोगिरहेको हैरानीकै विषयमा आन्दोलन थालिएको हो, सङ्घलाई राजनीतिक गर्ने थलोको रूपमा बदलेपछि हामी प्रतिवाद गर्न बाध्य भएका हौँ ।”

उहाँले केन्द्रको सम्पत्ति प्रयोग गरेर लाखौँ कमाउने र आर्थिक लाभ लिने उद्देश्यले विकृति भित्रिएको बताउँदै सरकारले नै हस्तक्षेप गरेर समस्याको निकास खोज्नुपर्ने निष्कर्ष सुनाउनुभयो । उहाँले भन्नुभयो, “अपाङ्गता भएका अति अशक्त अहिले दिसापिसाबको आहालमा बस्नुभएको छ, सङ्घका पदाधिकारीले बैठक भत्ता भन्दै बर्सेनि लाखौँ असुल्नुभएको छ, त्यसको हिसाब खोई ? अपाङ्गता भएकाले राम्रोमा बस्न नहुने हो ? हामीलाई आएको पैसा खोई ?”

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।