घटना

भारतमा आगलागीबाट कञ्चनपुरका पाँच घाइते

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः भारतमा आगलागी हुँदा कञ्चनपुरमा पाँच घाइते भएका छन्। भारतको बैंग्लोरमा ग्याँस लिक भइ आगलागी हुँदा मजदुरी गर्दै आएका उनीहरु घाइते भएका हुन्।

कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १ हीरापुरका सन्देश तिरुवाको परिवार आगलागीमा परी गम्भीर घाइते भएको हो। घाइतेहरुको बैंग्लोरस्थित विक्टोरिया अस्पतालमा उपचार भइरहेको छ। २८ वर्षीय सन्देश तिरुवा, उनको श्रीमती २६ वर्षीया निकला, तीन वर्षका छोरा रोहन, सात वर्षका रोशन र १५ वर्षका छोरी रोशनी तिरुवा जलेर घाइते भएका छन्।

बिज्ञापन

परिवारसहित भारतमा रोजगारी गरिरहेका तिरुवा परिवारका सदस्यको उपचारका लागि भारतमा रहेका नेपालीले सहयोग जुटाउन थालेको छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।