सुदूरपश्चिम प्रदेश

कैलालीमा पारलैङ्गिकको बिचमा भएको विवाह दर्ता

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः कैलालीमा पारलैङ्गिकको बिचमा भएको विवाह दर्ता भएको छ। जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ८ का प्रकाश चौधरी र दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ का मनिला न्यौपानेबिचको विवाह दर्ता भएको हो।

विवाहको ४ वर्षपछि उनीहरूको विवाह पुस ६ गते कैलारी गाउँपालिकामा दर्ता भएको हो। पारलैङ्गिक विवाह गर्न पाउने कानुन हुँदा पनि अहिलेसम्म कैलालीमा पारलैङ्गिक विवाह दर्ता भएको थिएन।

बिज्ञापन

उनीहरुले शनिवार कैलालीमा पहिलोपटक पारलैङ्गिक विवाह दर्ता भएको बताए। निलहिरा समाजका अध्यक्ष पिङ्की गुरुङले समलिङ्गी विवाहका रूपमा प्रकाश र मनिलाको विवाहलाई नेपालमा दोस्रो भनिए पनि ट्रान्स जेन्डरको जोडीका रूपमा उनीहरूको पहिलो विवाह दर्ता भएको बताए। गुरुङले पारलैङ्गिक विवाहमा अवरोध आउँदा लैङ्गिक तथा अल्पसङ्ख्यक समुदायका व्यक्तिहरू निकै समस्यामा रहेको बताएकी थिइन्। यो विवाहले अरुलाई पनि सहज हुने उनको अपेक्षा छ।

पहिलोपटक आफूहरूको विवाह दर्ता भएको बताउँदै मनिलाले खुसी व्यक्त गरेकी छन्। उनले आफूलाई विवाह दर्तामा समस्या देखिएको बताउदैँ अब भने कसैलाई समस्या नहोस् भनेर भनेकी छिन्। प्रकाश चौधरीले पनि आफूहरूले ठूलो समस्या झेल्दै ४ वर्षपछि मात्रै यो उपलब्धि पाएको बताएका छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।